काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन् । मिरमिरे युवा समाजले आज सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताएका हुन । आज मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुने उनको दाबी थियो ।
नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको मुख्य भूमिका काँग्रेसको रहेको भन्दै यसका लागि सबै दललाई मिलाउने र निर्वाचनमा लैजाने जिम्मा काँग्रेस भएको विचार व्यक्त गरे ।
नेता सिंहले पछिल्लो समय भएका छलफल र वार्ताले मुलुकमा चुनावी वातावरण बन्दै गएको भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।