२० बैशाख २०८१, बिहीबार
Follow Us

‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक

नेपालब्रिटेन संवाददाता
८ माघ २०८०, सोमबार १५:१५

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि मलिकाको लुक्स सार्वजनिक भएको हो । सुरुवात देखिनै फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएसँगै यस फिल्मको चर्चा  हुँदै आइरहेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको लुक्समा मलिकालाई ‘चाँदनी’को भूमिकामा देखिन पाइने भएको छ । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । साैरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात, नाजिर र मलिकाका अलावा प्रमोद अग्रहरी,  निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्म फागुनको १८ गतेबाट  सार्वजनिक प्रदर्शनमा आउन लागेको छ ।