१९ बैशाख २०८१, बुधबार
Follow Us

माल्टाका गृहमन्त्री क्यामिलेरीसँग एनआरएनए प्रतिनिधिद्वारा भेटवार्ता

नेपालब्रिटेन डट कम्
१० माघ २०८०, बुधबार ०५:००

माल्टा। गैरआवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ। भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश केसी, लेखा समिति संयोजक राजेन्द्र भण्डारीसहितको डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग नेपालीहरुको समस्या र समाधानको खोजीको विषयमा छलफल गरेको हो। नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको व्यक्तित्वसँग भेटघाट गरेको हो।

उक्त प्रतिनिधिमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आइपर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए। भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम, नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए।

भेटघाटमा गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन्। भेटमा नेपाली राजदूताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारिक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।