१६ भाद्र २०८२, सोमबार
Follow Us

ललितपुरका नापी सर्वेक्षक यादव घुससहित पक्राउ

नेपालब्रिटेन संवाददाता
१० माघ २०८०, बुधबार ०५:३५

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो ।

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

धेरै पढिएको