१९ बैशाख २०८१, बुधबार
Follow Us

मोटरसाइकलमै ५० जिल्लाको यात्रा !

नेपालब्रिटेन डट कम्
१० माघ २०८०, बुधबार १०:४४

गुलरिया । बर्दिया गुलरियाका शंकर श्रेष्ठ उमेरले ७३ वर्ष टेके । जीवनको लामो समय व्यापार व्यवसायमा समय विताएका श्रेष्ठ अहिले प्रायः मोटरसाइकलको यात्रा गर्छन् । उनी बर्दियाको सिमलचोकमा रहेको शंकर होटलका पूर्व संचालक हुन् ।

उनीले हाल सम्म ५० जिल्लाको यात्रा मोटर साइकलमै यात्रा गरे । उनले पूर्वको मेचि देखी पश्चिम महाकाली सम्मको यात्रा मोटर साइकलमै गरे । उत्तरमा मुक्तिनाथ सम्म मोटर साइकलबाटै यात्रा तय हो ।

उनले भने गाडी भन्दा मोटर साइकलको यात्रा सुरक्षित र रमाइलो लाग्छ । उनले यसै हप्ता नुवाकोट, चितवन, नवलपरासी जिल्लाको यात्रा गरेका छन् । उनलाई हिरो कम्पनीको आइस्मार्ट मोटर साइकल प्रयोग गर्छन् ।

२०७३ सालमा किनेको मोटर साइकल बलियो र भरपर्दो रहेको उनको दावी छ । उनले पहिलो मोटर साइकल राजदूताबाट यात्रा शुरु गरेका थिए ।

श्रेष्ठसंग हाल सम्म १५ वटा मोटर साइकल चढेको अनुभव छ । उनले आगामी दिन जीवनको बाँकी यात्रा मुक्तिनाथ सम्म मोटरसाइलमै जाने तयारी गरेका छन्। यात्रा जतिनै लामो भए पनि आफ्नी श्रीमति भोजकुमार श्रेष्ठलाई साथमै लैजाने गरेका छन् ।

सुगर, प्रेशर, थाइरेट, कोल्डस्टोर लगायतका रोगले दुःख पाएका श्रेष्ठ निर्धक्क मोटर साइकलको यात्रा गर्छन्।