२६ बैशाख २०८१, बुधबार
Follow Us

आन्दोलन स्थगित गरेर मधेशी मोर्चा निर्वाचनमा जान सहमत

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार १५:४३

काठमाडौं । सत्तारुढ दल र मधेसी मोर्चाबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । पहिलो चरणमा वैशाख ३१ गते नै र दोस्रो चरणको मिति निर्वाचन आयोगसँग छलफल गरी तोकिने । मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जाने सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणको निर्वाचन वैशाख ३१ गते नै हुनेछ भने दोस्रो चरणको मिति सरकारले निर्वाचन आयोगसँगको परामर्शमा तय गर्नेछ। त्यसभन्दा अगाडि संविधान संशोधन हुनुपर्ने मोर्चाको माग सरकारले पूरा गर्दिनुपर्ने छ ।