१२ श्रावण २०८१, शनिबार
Follow Us

धरहराको पहिलो तलामा निःशुल्क गाडी पार्किङ

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८०, शनिबार १२:५२

काठमाडौं । महानगरपालिकाले सुनधारामा निःशुल्क सवारी पार्किङको व्यवस्था मिलाउने भएको छ । महानगरले आइतबारदेखि धरहरा सँगै निर्माण गरिएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन लागेको हो ।

महानगरले न्यूरोडमा सवारी पार्किङ निषेध गरेपछि व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् । आफ्नो निर्णयप्रति व्यापक विरोध भएपछि महानगरले वैकल्पिक पार्किङस्थलको व्यवस्था गर्न लागेको हो ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भोलिदेखि धरहराको पहिलो तलामा निःशुल्क पार्किङ सञ्चालनमा आउने जानकारी दिए ।