१८ बैशाख २०८१, मंगलवार
Follow Us

भारतविरुद्ध इङल्याण्डको विजयी शुरुवात

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८०, आईतवार १२:५८

नयाँ दिल्ली । इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो ।

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो । भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुदै छ ।