१५ बैशाख २०८१, शनिबार
Follow Us

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे (Live)

नेपालब्रिटेन डट कम्
१५ माघ २०८०, सोमबार १४:०५

काठमाडौँ — यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिले भन्यो : ‘यथास्थितिमा एनसेल खरिदबिक्री अनुमति दिन मिल्दैन’
उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने भन्ने रहेको अध्ययन समितिका एक सदस्यले बताए ।

‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।