११ श्रावण २०८१, शुक्रबार
Follow Us

शाखा अधिकृतसँग ४ करोड ४० लाख अवैध सम्पत्ति

नेपालब्रिटेन संवाददाता
१६ माघ २०८०, मंगलवार १३:१७

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत रहेका मीनबहादुर भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले गैरकानूनी रुपमा चार करोड ४० लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसा आर्जन गरेको देखिएको अख्तियारले जानकारी दिएको छ ।