२० जेष्ठ २०८१, आईतवार
Follow Us

‘राजेन्द्र लिङ्देनको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो’

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८०, बिहीबार १३:००

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने दाबी गरेका छन । उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको बताएका छन ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि कुरा गर्दै प्रसाईंले राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगरेको समेत बताएका छन । उनले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भए पनि वास्तविकता भने टाढा रहेको बताए । ‘राजेन्द्र दाइको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो हो ।

राजासँग उहाँले बेलाबेला लन्च मिटिङ मात्रै गर्नुभएको हो, राजसंस्था फर्काउन सक्नुहुन्न ।’ लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रियसभा निर्वाचनमा रवि लामिछानेका ससुरा उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको आरोप पनि प्रसाईंले लगाए । उनले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने दाबी पनि गरेका छन ।