१२ श्रावण २०८१, शनिबार
Follow Us

यती एयरलाइन्सले थप्यो दुई जहाज

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार ०५:२८

काठमाडौं । यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो।

जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो। हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।