१८ बैशाख २०८१, मंगलवार
Follow Us

वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार ०५:४०

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि खेलको ९७औं मिनेटमा कोबी मैनूले निर्णायक गोल गर्दै खेल जिताएका थिए । यस अघि म्यानचेस्टर युनाइटेडका लागि मार्कस राशफोर्ड, रास्मस होजलण्ड र स्कट म्याकटमिनीले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि पाब्लो सरबिया, म्याक्स किलम्यान र पेड्रो नेटोले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । त्यसैगरी वोल्भ्सको २२ खेलमा २९ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।