७ जेष्ठ २०८१, सोमबार
Follow Us

‘टिआरसीका विवाद छिटो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो’

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार ०५:५०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ ।

छलफलपछि बाहिरिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको बताए । पत्रकारहरुसँग अध्यक्ष ओलीले भने, ‘राजनीतिको समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे कुरा भयो । टिआरसी विधेयकलाई राम्रोसँग टुंग्याऔँ भन्ने कुरा भएको छ ।’ उनले टिआरसीबारे एमालेको अडान कायम रहेको पनि बताए ।

अध्यक्ष ओलीले टिआरसी विधेयकलाई सहमति भन्दा पनि बहुमत पुर्याएर राम्रोसँग टुंग्याउनुपर्ने बताए । उनले भने, ‘किन सहमतिमा गर्ने, बहुमत पुर्याएर राम्रोसँग टिआरसी विधेयकलाई टुंग्याउनु राम्रो हो ।’ संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु हुँदैछ । यस अिधवेशनबाट विभिन्न कानुन पास गर्ने सरकारको तयारी छ ।