१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेस संसदीय दलको बैठकमा चौधरी गिरफ्तारको विषय प्राथमिक

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार १३:११

काठमाडौँ । अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा सांसद विनोद चौधरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आजको काँग्रेस संसदीय दलको बैठकमा अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बैठकमा आफ्ना कुरा राखेको बताए । ‘उहाँले बैठकमा आफ्ना कुरा राख्नुभयो । खासगरी अरुण चौधरीजीको पक्राउका विषयमा संसदीय दलको ध्यानाकर्षण गराउनु भएको हो’ प्रमुख सचेतक लेखकले भने ।

चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्ध रूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।