१२ श्रावण २०८१, शनिबार
Follow Us

सरकारले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८०, शुक्रबार १३:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई पक्रिन नचाहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आरोप लगाएका हुन । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको पनि बताएका छन ।

उनले पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए । ‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?’