१२ श्रावण २०८१, शनिबार
Follow Us

भागबन्डाको राजनीतिकले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनायो: महामन्त्री थापा

नेपालब्रिटेन संवाददाता
२० माघ २०८०, शनिबार १३:२३

पर्सा । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाएको बताउनु भएको छ ।

वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज वीरगन्जमा आयोजित रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले मुलुकमा बढदो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिकले लोकतान्त्रीलाई नै नै कमजोर बनाउँदै गएको धाराणा राख्नु भएको हो ।

उहाँले मुलुको सुधारका लागि माथिलो तहबाट सुधार हुनुपर्नेमा जोडदिदै आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे देश विकासमा आमुल परिर्वतन ल्याउन सकिने बताउनु भयो ।

नेता थापाले लोकतन्त्रको विकल्प नै सुधारिएको लोकतन्त्र भएकाले अब मुलुकमा सुधारको अपरिहार्यता रहेको बिचार व्यक्त गर्नु भयो ।

उहाँले अब राजनीतिक दल भित्रका माथिलो तहका नेतामा सुधारको आवस्यक्ता रहेको दोहोराउनु भयो ।

शासनसत्ता वा दलमा रहेका केही व्यक्तिले गरेका कमी कजोरीको आडमा लोकतान्त्रिक व्यवस्थालाई बदनाम गरिने काम भएकाले लोकतन्त्रको रक्षाका लागि आम संचारमाध्यले सक्रिय भुमिका निर्वाह गर्न पर्नेमा थापाले जोड दिनु भयो ।