१२ श्रावण २०८१, शनिबार
Follow Us

नेपालले भुटानलाई १-० गोल अन्तरले हरायो

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार १३:२३

काठमाडौं । बङ्गलादेशमा जारी उमेर समुहको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भुटानलाई पराजित गरेको छ । ढाकाको मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले हराएको हो । यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

घरेलु टोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालले समुहको अन्तिम खेलमा मङ्गलबार भारत विरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।