१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बुढाथोकीको निधन

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८०, मंगलवार ०५:५६

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन्। उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको निधनप्रति सभामुख देवराज घिमिरेले दुस्ख व्यक्त गरेका छन्।

‘पूर्वमन्त्री, संविधानसभा सदस्यरपूर्वसांसद, नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, झापाली राजनीतिको स्थापित तथा लोकप्रिय नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य , मेरो मित्र केशवकुमार बुढाथोकीको गएराति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सभामुखले भनेका छन्।