१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

माधव नेपालले अर्को पटक चुनाव नजित्ने ओलीको दाबी

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८०, बिहीबार १३:२८

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने बताएका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चुनाव नजित्ने ओलीको दाबी छ । नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरूको सरकार बनाउँदै पछि–पछि हिँडेको समेत बताए । अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरेका छन् ।