७ जेष्ठ २०८१, सोमबार
Follow Us

छोरी कुटेको आरोपमा पक्राउ परेका युवक ५० हजार धरौटीमा छुटे

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८०, बिहीबार १३:२९

काठमाडौँ । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका युवक धरौटी रिहा भएका छन । मकवानपुर जिल्ला अदालतले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन ।

मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको थियो । बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।