७ जेष्ठ २०८१, सोमबार
Follow Us

गत बर्ष बेलायती प्रधानमन्त्री सुनकले कमाए २२ लाख पाउन्ड

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८०, शनिबार ०८:०१

लन्डन ।बेलायतका प्रधानमन्त्री ऋषि सुनक विश्वभरिमा नै चर्चित छन् । मानिसहरू अक्सर उनको बारेमा जान्न चाहन्छन्।

यसैबिच, हालै उनको आम्दानी र करका केही तथ्याङ्क सार्वजनिक भएका छन् । सुनक सबैभन्दा धनी बेलायती प्रधानमन्त्री मानिन्छ किनभने यो पद अघि उनको वित्तीय सेवामा राम्रो पकड थियो। यसबाहेक उनकी श्रीमती पनि धेरै धनी परिवारबाट रहेकी छिन् । उनी विश्व चर्चित भारतीय कम्पनि इन्फोसिस मालिक नारायण मूर्तिकी छोरी हुन्।

यस रिपोर्टमा भनिएको छ कि आर्थिक वर्ष अप्रिल २०२२ देखि मार्च २०२३ सम्म उनले २२ लाख पाउण्ड जबकि ३६ करोड १० रूपैँया भन्दा बढी कमाएका पनि छन । र, उनले ५ करोड रुपैयाँ कर तिरेका छन् । उनका लेखापालहरूले शुक्रबार सार्वजनिक गरेको यो ३ पृष्ठको प्रतिवेदन अनुसार सन् २०२२ मा प्रधानमन्त्री बने पछि सुनकले आफ्नो करसम्बन्धी जानकारी सार्वजनिक गरेको दोस्रो पटक हो ।

बीबीसीका अनुसार सुनकले अप्रिल २०२२ देखि मार्च २०२३ सम्ममा सांसद, अर्थमन्त्री र प्रधानमन्त्रीका रूपमा आफ्नो तलबबाट १.४ करोड रुपैयाँ प्राप्त गरेका थिए। यसबाहेक २१ लाख पाउन्ड भन्दा बढी लगानीबाट प्राप्त भएको हो । उनको लगानीमध्ये २८ करोड रुपैयाँ पुँजीगत लाभबाट प्राप्त भएको थियो  ।

एक वर्षअघि उनले २५.६ करोड रुपैयाँ पुँजीगत लाभबाट मात्रै प्राप्त गरेका थिए । सुनकले तिरेको करको ७० प्रतिशत सेयर बिक्रीबाट भएको पुँजीगत लाभबाट भएको हो ।