१३ कार्तिक २०८२, बिहीबार
Follow Us

काकाले गरे भतिजाको हत्या

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८२, बिहीबार ०२:२८

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा भतिज हत्या आरोपमा काका पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय हेमन्त धमला छन् । उनीमाथि भतिज नाता पर्ने २१ वर्षीय भुवन धमलाको हत्या गरेको आरोप छ । चौकुने–१० घाटगाउँमा भुवा जात्रा हेर्न ३ कात्तिकमा सँगै गएका बेला हेमन्तले भुवनको हत्या गरेको परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार भुवनको शव ७ कात्तिकमा चौकुने–१० ताताथाईमा फेला परेको थियो । डीएसपी थापाका अनुसार भुवनको शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट थियो ।

प्राप्त प्रमाणका आधारमा हेमन्तले भुवनको हत्या गरेको पुष्टि भएको बताए । जात्रमा सँगै मदिरा सेवन गरेका उनीहरुबीच पैसाका विषयमा विवाद भएको थियो । हेमन्तले कुटपिट गर्दा गर्दै सोही रात भुवनको ज्यान गएको स्वीकार गरेका छन् ।

धेरै पढिएको