१२ श्रावण २०८१, शनिबार
Follow Us

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८०, शनिबार ०८:१९

काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले सामान २–२ विकेट लिएका थिए भने पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले १–१ विकेट लिएका थिए । १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए ।