३ असार २०८२, मंगलवार
Follow Us

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको काज सरुवा

नेपालब्रिटेन संवाददाता
२९ माघ २०८०, सोमबार ०६:३९

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौँ जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।