७ जेष्ठ २०८१, सोमबार
Follow Us

धारिलो हतियार प्रहार गरी नाती र बाजे दुवैको हत्या

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८०, मंगलवार ०७:२१

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी सुस्तामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई जनाको शव फेला परेको छ । सुस्ता गाँउपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षिय यक्षलाल चमार र निजका नाति ११ वर्षका गौचरण चमारको शव फेला परेको हो ।

उनीहरुको शरिरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिए । एकान्त स्थानमा रहेको कच्ची घरमा बस्दै आएका उनीहरुको गएराति हत्या भएको हो ।

अहिले तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ । मृतक चमारका एक छोरा, बुहारी र तीन जना नातिनातिना थिए । छोरा कामका लागी भारत गएपछि डेढ महिना अगाडी बुहारी एकजना नातिलाई छाडेर दुई ओटा बच्चा लिई माइत गएको स्थानीयले बताएका छन् ।

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा बेलाबेलामा विभत्स हत्याका घटना हुने गरेका छन् । केही महिना अगाडी पनि प्रतापपुर गाँउपालिकाको सिमावर्ती गाँउमा एक दम्पत्तिको विभत्स हत्या भएको थियो ।