१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

यूएई लैजान लागेको अवस्थामा अवैध मुद्रासहित युवती पक्राउ

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८०, मंगलवार १३:२८

काठमाडौँ । प्रहरीले अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले रहेकी प्रहरीले जानकारी दिएको छ ।

उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । फ्लाई दुबईको उडानमार्फत युएई जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको प्रहरीले जनाकारी दिएको छ ।

बरामद रकमबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।