१२ श्रावण २०८१, शनिबार
Follow Us

जिबी राईका विश्वासपात्र गुरुङ पक्राउ

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८०, शनिबार ०८:५१

काठमाडौँ । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जितेन्द्रबाबु (जिबी) राई संस्थापक रहेको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।

गुरुङ जिबी राईका विश्वास पात्र हुन् । बचतकर्ताको एक अर्बभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । गुरुङलाई बिहीबार र सोही सहकारीका भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको छानबिन प्रतिवेदन र बचतकर्ताको उजुरीका आधारमा गुरूङ र पाण्डेयलाई पक्राउ गरिएको पण्डितले बताए ।

उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको पण्डितले बताए । सुप्रिम सहकारीेले बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रूपैयाँ हिनामिना गरको अनुसन्धानले देखाएको छ ।

उक्त सकारीबाट रकम झिकेर जिबी राई सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनसहित विभिन्न पाँच कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार रूपैयाँ लगिएको छ ।

विभिन्न सहकारीबाट सर्वसाधारणका करोडौं ठगेर फरार भएका जिबी राईविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिश जारी गरेको छ ।