१० जेष्ठ २०८१, बिहीबार
Follow Us

वर्तमान सत्ता गठबन्धन अप्राकृतिक: कांग्रेस सांसद शर्मा

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८०, शनिबार १३:४१

काठमाडौं । काँग्रेस नेता सुनिल शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन । पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेस गर्ने प्रस्ताव आज शनिबार काठमाण्डुमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै शर्माले यस्तो बताएका हुन ।

उनले वर्तमान अप्राकृतिक गठबन्धनका कारण काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको बताएका छन । उनले पार्टीको रूपान्तरण र आफू नेतृत्वको जनमुखी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि बताएका छन ।

उनले भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने बताएका छन । सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने बताएका छन ।

उनले भने, ‘भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन ।

काँग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी छ । काँग्रेसले आफू नीतिमा प्रस्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरू कठिन छन् ।

लोकप्रियतावादीहरू र अतिवादीहरू अहिले नेपाली काँग्रेसका मुख्य चुनौती हुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्नुहुँदैन ।’