१२ श्रावण २०८१, शनिबार
Follow Us

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार १३:३४

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा बोर्ड सदस्य रहदा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा तामाङलाई भ्रष्टाचारको मुद्दा लागेको हो ।

मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बताइएको छ।