१२ श्रावण २०८१, शनिबार
Follow Us

कागेश्वरी मनोहरा पर्यटन महोत्सव शुरु

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०८०, सोमबार ११:४४

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आजबाट शुरु भएको छ ।

यस वर्ष कागेश्वरीधाममा हुने १०औँ महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम गर्न लागेको हाे ।

धार्मिक, पर्यटन र खेलकुदका हिसावले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिएकाे नगरपालिकामा प्रमुख उपेन्द्र कार्कीले जानकारि दिनुभयाे ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम रहेकाे छ ।

महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित ५० हजार काठमाडौँ उपत्यकाबासीको उपस्थिति हुने अपेक्षा गरिएको छ । नगरपालिकाले २०७२ सालदेखि नियमितरूपमा महोत्सव आयोजना गर्दै आइरहेकाे छ ।