१४ असार २०८१, बिहीबार
Follow Us

इंग्लिस प्रिमियर लिग : सिटीले जित्दा युनाइटेडको हार

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०८०, आईतवार ०६:१२

लन्डन । इंग्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औं स्थानमा रहेको छ ।

यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए ।

फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औं मिनेटमा अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए । तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २-१ को जित पक्का गराए । फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ ।

यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३-० गोल अन्तरले स्तब्ध बनाएको छ । एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।