१० चैत्र २०८१, सोमबार
Follow Us

उमा ज्ञवाली वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८०, सोमबार ०६:५०

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै ज्ञवालीलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फका प्रहरी उपरीक्षक ज्ञवालीलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।