१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार ०६:२१

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ ।

घाईतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा नं. ९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन । उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो । यसअघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो ।

सख्त घाईतेहरुमा विरगंज महानगरपालिका वडा नं. ९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन ।
कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बमजस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।

जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताएका छन् । यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा संलग्न रहेकाहरुको पहिचानका लागि गएराति दुई स्थानमा छापा मारी थप मानिस पक्राउ गरेको छ ।

विस्फोटन भएको वस्तुमा ईन्डियन फिल्ड गन १०५ एचई प्रोजेक्टाईल रहेको प्रहरीको भनाई छ ।