१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार ०६:२६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो ।

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए । खनाल-राजदूतबिचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।