लण्डन । अब देखि जन्म र मृत्यु दर्ता विदेशस्थित नेपाली नियोगबाट हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पंन्जीकरण ऐन २०७६, राष्ट्रिय परिचय तथा पंन्जीकरण नियमावली २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत जन्म र मृत्यु दर्ता गर्ने व्यवस्था अनुसार नेपाल सरकारले नयाँ व्यवस्था गरेको हो ।
आगामी फाल्गुण २१ गते देखि लागू हुने गरि पहिलो चरणमा १५ वटा नेपाली नियोगबाट व्यक्तिगत घट्ना दर्ता प्रकृया शुरुवात हुने गृहमन्त्रालयले जनाएको छ ।