२७ बैशाख २०८१, बिहीबार
Follow Us

मिटरब्याज पीडितको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार १३:२५

काठमाडौं । आज बिहिबार मिटरब्याज पीडितहरूले देशको संघीय राजधानीमा काठमाण्डुमा सिट्ठी जुलुस निकालेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै नारा जुलुस गरेका थिए ।

‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौं आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् । उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।

माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । केहि समय यता मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।