२७ बैशाख २०८१, बिहीबार
Follow Us

चितवनमा छात्रा मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ३ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार १३:३६

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

झुण्डेको अवस्थामा खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन । ‘घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, उनले भने।’

प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाण्डुमा बस्दै आएका छन । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् ।

डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिएका छन् ।