२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएका ५ कार्यदल, १ संचालक समिति गठन

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०८०, बिहीबार १९:५७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ५ वटा कार्यदलको विस्तार गरिएको छ ।

संघका उपाध्यक्ष तथा वेलफेयर विभागका प्रमुख रामशरण सिमखडाका अनुसार संघको विधान अनुरुप ती कार्यदल र १ स्टेरिङ समितिलाई अन्तिम रुप दिईएको हो ।

संघले नेपाली नागरिकताको निरन्तरता, भूपूगोर्खा, पिएनओ, ग्लोबल नेपाली डायसपोरा इन्ट्रिगेशन समिति लगायतको कार्यदल गठन गरेको हो ।

गैरआवासीय नेपाली संघको विधानले करिब ४० वटा कार्यदलको परिकल्पना गरेको छ ।

संघका अनुसार नागरिकताको निरन्तरताको संयोजकमा रामशरण सिमखडा, भूपूगोर्खाको संयोजकमा चन्द्र बहादुर गुरुङ, पिएनओको संयोजकमा कुमार कार्की, नेपाली डायसपोरा इन्ट्रिगेशन समितिमा बाबा राजेश्वरी थापा रहेकी छन् ।

संघका थप कार्यदलहरुको गठन आगामि हप्ताभित्र गर्ने तयारी रहेको महासचिव गौरीराज जोशीले जानकारी दिए ।