१६ बैशाख २०८१, आईतवार
Follow Us

सरकार र मिटरब्याजपीडितबीच वार्ता

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार ०७:३७

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच आज फेरि वार्ता हुने भएको छ । शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज हुने वार्तामा सहमति जुट्न सक्ने पीडित पक्षका टोली संयोजक अवधेश कुशवाहले बताए ।

मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । आजको वार्ताबाट निष्कर्ष निस्कने उनले अपेक्षा गरेका छन् ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै मिटरब्याज पीडितले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।