२६ बैशाख २०८१, बुधबार
Follow Us

इटहरीमा मध्यराति आगलागी, एक महिलाको जलेर मृत्यु

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०८०, आईतवार ०६:५३

सुनसरी । इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-६ स्थित वीपी चोकमा मध्यराति ११:४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन् ।

घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी मात्रै जानकारी पाएपनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।