२६ बैशाख २०८१, बुधबार
Follow Us

क्वार्टरको भान्सामा किन झुण्डिए डिएसपी बस्याल

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८०, मंगलवार १४:२१

काठमाडौँ। मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा डीएसपी बस्यालले राजीखुसीले निर्णय लिएको लेखेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।