२१ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटी र रियाल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार ०७:०२

लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । सिटीले कोपेनहेगन क्लबसँग ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो भने म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १–१ गोलको बराबरी खेल्दै समग्रमा २–१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३-१ को नै नतिजा निकालेको थियो। योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए । यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो। योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।