१३ जेष्ठ २०८१, आईतवार
Follow Us

‘दुर्गा प्रसाईं टाइगर हो, जिउँदै छ’

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८०, आईतवार १३:३६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् । आज आइतबार झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन ।

उनले आफू केही दिनपछि मात्र काठमाडौं आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले आफू काठमाडौं आएको दाबी गरेका छन ।

उनले भने, ‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ । दुर्गा प्रसाईं टाइगर हो टाइगर जिउँदै छ, ‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु ।

तर फाइल खोल्ने आँट गर्नुस्’, उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने बताए । ‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् ।

मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु ।’ उनले सर्वहारा वर्ग र भुइमान्छेमाथि सरकार खनिएको भन्दै २०३० सम्म यो देश माफियाले लिइसक्ने घोषणा पनि गरेका छन ।