२७ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको कानुन विभागमा सुहाङ नेम्वाङ मनोनित

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०८०, बुधबार १३:४२

काठमाडौँ । एमालेले कानुन विभागको केन्द्रीय सदस्यमा सुहाङ नेम्वाङलाई मनोनित गरेको छ । सुहाङलाई कानुन विभाग सदस्यमा मनोनित गरेको पत्र महासचिव शंकर पोखरेलले दिएका छन ।

महासचिव पोखरेलको पत्रमा उल्लेख छ ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७औं बैठकले तपाईँलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु’।

सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवारीका निम्ति निवेदन दिएका छन् ।