२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार १३:१६

काठमाडौँ । आज (शुक्रबार) बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रिपरिषद्ले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

२०८० चैत २ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने ।
२. देहायका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्नेः
क. श्री श्यामलाल ज्ञवाली, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो
ख. श्री किरण बज्राचार्य, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग