२७ बैशाख २०८१, बिहीबार
Follow Us

विराटनगरमा एक स्टाफ नर्सको हत्या

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार १३:२०

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको खुलेको छ । हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको प्रहरीले जानकारी दिएको छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले जानकारी दिएका छन ।