१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएको नविकरण छिट्टै हुन्छ : उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठ

नेपालब्रिटेन डट कम्
३ चैत्र २०८०, शनिबार १६:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा. केसी र श्रेष्ठबीच उनको सरकारी निवासमा छलफल भएको हो ।

शनिवार भएको भेटमा श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफू उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाएका थिए ।

संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुर्नरगठन पछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वतावतरण बन्दै गएको प्रति मन्त्री श्रेष्ठप्रति धन्यवाद दिए ।

उनले गैरआवासीय नेपाली संघ सधै सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउदै र आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने बताए ।

यसअघि गृहमन्त्रालय समालेका श्रेष्ठले संघको पछिल्लो समयमा देखिएका असन्तुष्टीहरुको बारेमा आफु पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न अनुरोध गरे ।

डा. केसीले संस्थाको विधि तथा विधानको अधिनमा रहेर गैरआवासीय नेपाली संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको जनाए । उनले संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसंग छलफल गरेरअघि बढ्न ढोका खुलै रहेको जानकारी मन्त्री श्रेष्ठ दिएका थिए ।

डा. केसीले उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सो मन्त्रालय समाले पछि दोस्रो पटक भेटघाट गरेका हुन् ।