२६ बैशाख २०८१, बुधबार
Follow Us

आईसीसीका अध्यक्ष बार्कले नेपाल आइपुगे

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८०, सोमबार १४:१३

काठमाडौँ । आज सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् । आज ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् ।

उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्ने बताइएको छ । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम स्रोतले जानकारी दिएको छ ।

यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।