१४ असार २०८१, बिहीबार
Follow Us

जनप्रगतिशील मन्च युरोपको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत (कार्यसमितिको नामावली सहित)

नेपालब्रिटेन डट कम्
६ चैत्र २०८०, मंगलवार २०:५४

बार्सिलोना । नेपाली जनप्रगतिशील मन्च युरोपको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत भएका छन् ।

सुवेदी आइतवार बार्सिलोनामा सम्पन्न ५ औं अधिवेशनबाट उनी अध्यक्ष पदमा चयन भएका हुन् । मन्चको महासचिवमा धर्मराज खतिवडा सर्वसम्मत भए ।

भरतपुर उपमहानगरपालिका प्रमुख रेणु दाहालले उद्धघाटन गरेको अधिवेशनको कार्यक्रम बन्द शत्रमा प्रवेश गरेपछि निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठले अध्यक्षका चार जना दावेदारीहरुबीच सहमति भए पछि सर्वसम्मत नाम पढेर सुनाएका थिए ।

महाधिवेशनले कार्यसमितिका अन्य पदहरू सहमतिका आधारमा परिपूर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष चित्र सुवेदीले बताएका छन् ।

अधिवेशनमा नेपाली जनप्रगतिशिल मन्च राष्ट्रिय समिति माल्टाका अध्यक्ष बिनय बुढाथोकी, बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नर्बैका डा. कृष्ण अर्याल, पोर्चुगलका सिता ढकाल, नेरल्याण्डका संघर्ष केसी, आयरल्यान्डका अध्यक्ष दलराम तामांग, स्पेनका अध्यक्ष बिशाल ढुंगाना, स्वीडेनका अध्यक्ष रामशरण ढकाल, फ्रान्सका अध्यक्ष सुमन पौडेल, बेलायतका रण बहादुर क्षेत्री, जर्मनीका अध्यक्ष गोबिन्द भन्डारी, तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मनिस गुरूङ डेनमार्कका महेन्द्र खड्काले आआफ्नो भनाईहरु राखेका थिए ।

विज्ञप्तिको पूर्णपाठ (जस्ताको तस्तै)

मिति २५/०३/२०२४ का दिन नेपाली जनप्रगतिशील मञ्च, युरोपको पाचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक मञ्चका अध्यक्ष कमरेड चित्र सुबेदीको अध्यक्षता तथा महासचिव कमरेड धर्मराज खतिवडाको संचालनमा सफलता पुर्वक सम्पन्न भयो ।

“प्रवासका प्रगतिशील नेपाली एक हौँ“ भन्ने मूल नारा लिएर हाम्रो गौरवशाली संगठन नेपाली जनप्रगतिशील मञ्च युरोपको पाचौं अधिवेशन १७—१८ मार्च २०२४ आइतबार र सोमबारका दिन स्पेनको बार्सिलोनामा भब्य रुमपा सम्पन्न भएको छ ।

सर्बप्रथमत: हाम्रो मञ्च युरोपको पाँचौ अधिवेशन सम्पन्न गर्ने स्थानीय जिम्मेवारी ( ब्यवस्थापन) सम्हाल्नुहुने नेपाली जनप्रगतिशील मञ्च, स्पेन परिवार तथा स्पेनका प्रिय कमरेडहरुले पुर्याउनु भएको योगदान तथा सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दछौं । साथै नेपाली जनप्रगतिशील मञ्च युरोपको निबर्तमान कमिटिका सम्पूर्ण कमरेडहरु तथा युरोप महादेशमा रहेका सम्पूर्ण राष्ट्रिय समितिहरूमा हार्दिक धन्यवाद प्रकट गर्दछौं । यसैगरी हाम्रो कार्यसमितिलाई सर्वसम्मत बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने हाम्रो संगठनका संगठित सदस्य कमरेडहरू, प्रवास समन्वय समितिका सदस्यहरु, निर्वाचन समितिका संयोजक, सदस्य तथा सल्लाहकार कमरेडहरूमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौं ।

संगठनलाई चलायमान र जीवित बनाई राख्नको लागी नेतृत्वमा दावी गर्ने सबै कमरेडहरू प्रति उच्च सम्मान प्रकट गर्दछौं । विशेष गरी संगठनको एकता र हाम्रो भरोसालाई उच्च स्थानमा राखेर नेतृत्व लाई सर्वसम्मत बनाउन लाग्नुहुने अग्रजहरू प्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा संगठनलाई थप चलायमान बनाउन तपाईहरूको सल्लाह सुझाव र साथ सहयोगमा अगाडि बड्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
हाम्रो यस ऐतिहासिक युरोप अधिवेशनको उदघाटन समारोहमा शुभकामना सन्देश पठाएर शुभकामना ब्यक्त गर्नु भएकोमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)का श्रद्धय अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू प्रति विशेष आभार प्रकट गर्दछौं ।

हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै प्रत्यक्ष रुपमा उपस्थित भएर शुभकामना तथा बधाई ज्ञापन गर्नुहुने प्रमुख अतिथि हाम्रो गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका चितवनका नगर प्रमुख (मेयर) श्री रेनु दाहाल ज्यू , विशिष्ट अतिथि नेपाली दूतावास म्याड्रिडका महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल ज्यू विशेष अतिथी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रवास संमन्वय समितिका ईन्चार्ज कमरेड राम कार्की ज्यू, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमरेड अर्जुन पाठक, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य कमरेड सुरेन्द्र भुसाल, प्रवास समन्वय समितिका अध्यक्ष क. ओम शर्मा, गैर आवासीय नेपाली संघ आई. सि . सि. सचिव तथा प्रवास संमन्वय समिति सदस्य श्री लोक प्रसाद दाहाल, नेपाली जनप्रगतिशील मञ्च युरोपका निवर्तमान अध्यक्ष क. रण बहादुर खाती क्षेत्री, नेकपा (माओवादी केन्द्र) विदेश विभाग सदस्य डा. कृष्ण अर्याल ,बिदेश बिभाग सदस्य तथा नेपाली जनप्रगतिशील मञ्च युरोपका निर्बाचन समितिका संयोजक क. सुरेन्द्र नेपाल श्रेष्ठ, गैर आवासीय नेपाली संघका पूर्व केन्द्रीय सदस्य श्री दिनेश कुमार गिरि, युरोप का विभिन्न देशका बाट पाल्नुभएका नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधि कमरेडहरु, गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष श्री पेशल कुमार कोईराला ज्यू, साथै स्पेन स्थित सम्पूर्ण वैचारिक तथा सामाजिक संघ संस्थाहरु, नेपाली जनप्रगतिशील मञ्च युरोपका विभिन्न बिभाग प्रमुख ज्यूहरु, स्पेन स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यू हरु, पत्रकार मित्रहरू, कार्यक्रममा सांस्कृतिक प्रस्तुति राख्नुहुने सम्पूर्ण कलाकार तथा नानुबावुहरू एबम कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणहरु प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।

युरोपमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हितको लागि हाम्रो संगठन संधै लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

नेपाली जनप्रगतिशील मञ्च युरोपको पाचौं अधिवेशनबाट निर्वाचित ३९ सदस्सीय युरोप कमिटी निम्नानुसार रहेको सहर्ष जानकारी गराउंदछौं । बिधान अनुसार बांकी सदस्यहरु आवश्यकता अनुसार थप्दै जाने छौं ।

इन्चार्ज: क. रण बहादुर खाति क्षेत्री (यूके)
अध्यक्ष: क.चित्र सुबेदी (बेल्जियम)
उपाध्यक्षहरु : क. गंगा प्रसाद भुसाल (स्पेन)
क. शेरसिंह ठकुरी (यूके)
क. कल्पना मगर (बेल्जियम)
महासचिव: क.धर्मराज खतिबडा (अष्ट्रिया)
सचिव: क. अर्जुन आचार्य (स्पेन)
क.निर्मला बजगाइ अधिकारी (बेल्जियम)
क. हरिसचन्द्र पोखरेल (पोर्तुगल)
कोषाध्यक्ष: क.डोलराज भन्डारी (यूके)
सहकोषाध्यक्ष: क. सुमन पौडेल (फ्रान्स)

सदस्यहरु:
क. श्याम खनाल
क. केसर बहादुर थापा
क. राजेन्द्र सेढाइ
क. काजी नेपाली
क. सावित्रा भारती
क. रुपक श्रेष्ठ
क. ठाइला किरात
क. पबन सुबेदी
क. होम गुरुङ
क. इस्वर रिजाल
क. प्रेम परियार
क. राम माया बि क
क. महेश कुमार खाती
क. स्याम प्रसद ढकाल
क. प्रेम चन्द्र भण्डारि
क. युवराज खनाल
क. बुद्ध लामा
क. लिलि तामाङ
क. नारायण प्रशाद अधिकारी
क. डि एस राणा
क. रबीन्द्र लिम्वु
क. दूरबसा भण्डारी
क. जसमान दर्नाल
क. शुसिला खत्री
क. मायॅा तामांग
क. मोहन के सी
क. बिष्णु रायमाझि
क. सरिता शर्मा
क. भिम सुबेदि

धन्यवाद !
क्रान्तिकारी अभिवादन सहित ।

क. चित्र सुवेदी
अध्यक्ष

क. धर्मराज खतिवडा
महासचिव
नेपाली जनप्रगतिशील मञ्च, युरोप